Paschim News

प्रकाशित : २०७५/४/१८ गते

सरकार र डा. केसी पक्षको वार्ता निष्कर्षविहिन बनेको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा औपचारिक वार्तामा दुईदिनपछि पनि सहमति जुट्न नसकेको हो ।

 

बुधबार पनि नेम्वाङको पहलमा केदारभक्त माथेमालगायतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

 

तर, सत्तारुढ नेकपाका नेताहरुले सहमतिनजिक भने पनि सरकार र डा गोविन्द केसीबीचको वार्ता मुख्य मुद्दामा प्रवेश नै नभएको पाइएको हो

 

मंगलबार साँझ भएको वार्तामा डा केसीका अन्य मागहरुमा दुबै पक्ष सहमति नजिक पुगेका समाचारहरु प्रकाशित भएको भए पनि हालसम्म कुनै पनि बिषयमा सहमति जुटेको छैन छलफल मात्रै भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्