Paschim News

प्रकाशित : २०७५/५/१९ गते

सल्यानका अधिकांश गाउँ जोखिममा रहेका छन । सल्यानको छत्रेश्वरी, कुमाख वागचौर नगरपालिकालगायतका भित्रका गाउँ जोखीममा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुुसार गत वैशाख देखी हालसम्म सल्यानमा १ करोड ५२ लाख ९ हजार पाच सय वरावरको क्षेति भएको वताएको छ ।

जिल्लाको कुमाख गाउपालिका, वागचौर नगरपालिका , वनगाड कुपिण्डे नगरपालिका, क्षत्रेश्वरी गाँउपालिकामा ठुलो धनजनको क्षेति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक विरेन्द्र वहादुर शाहले जनकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला जिल्ला प्रहरी कार्यालयमा आएको जानकारी पहिरो,वर्षा,वाढी गरी साढे १ करोड भन्दा वढीको क्षेतिको विवरण आएको वताउनुभयो । उहाले भन्नुभयो सवै भन्दा वढी कुमाख गाँउपालिकामा भएको छ, भाद्र १ गते आएको अविरल वर्षाका कारण मानवीय क्षेति नभएपनि भौतिक क्षेति धेरै भएको उहाले वताउनुभयो ।

कुमाख गाँउपालिका वडा नं. ५ त्वालद्धारीमा एकै गाउका १७ घर परिवार विस्थापित भएका छन । गाँउका राम कुमार पुन, कलौटो पुन,गोरख वुढा, अमृति सार्की लगाएतको घर पुर्णरुपामा क्षेति भएको कुमाख गाउपालिका सल्यानका अध्यक्ष दिलमायाँ वुढा गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्वालद्धारीमा घरमा भएको लत्ता कपडा,अन्नपात गाई वस्तु गरी जम्मा २ करोड वरावरको क्षेति भएको वताउनुभयो । विस्थापीत नजिकैको मिलमा वस्दै आएका छन ।

विस्थापीत भएकालाई गाउपालिकाको तर्फवाट खानेपानी, लत्ता कपडा सिरक डसना कार्पेट नेपाल रेडक्रसको समन्व्यमा गाउपालिकाले हस्तान्तरण गरेका छन । यस्तै छत्रेश्वरी गाउपालिका वडा नं. ५ दहखोलामा पनि ४ वटा घरमा पहिरोले पुर्णले क्षेति गरेको छ ।

दहखोलामा याम वहादुर केसी,लक्ष्मण केसी,प्रेम केसी,र टुल्को विकको घर पुर्णरुपमा क्षेति गरेको छत्रेश्वरी गाउपालिका उपाध्यक्ष सिता केसीले जानकारी दिनुभयो । उहाका अनुसार सवै भन्दा वढी याम वहादुरको घरमा ठुलो क्षेति भएको छ ।

याम वहादुर केसीको घरमा भएको लत्ता कपडा, अन्नवाली लगाएत घर भित्र भएका सामान पुर्णरुपमा क्षेति भएको छ । विस्थापित भएका याम वहाुद केसीको परवार आफनो घरमा वस्दै आएको छत्रेश्वरी गाउपालिका उपाध्यक्ष सिता केसीले वताउनुभयो ।

उहाँले भन्नुभयो विस्थापित भएका वाकी परिवार आफन्तको घरमा वस्दै आएको र याम वहादुरको परिवार आफ्नो घरमावसेको वताउनुभयो । विस्थापित भएका परिवारलाई कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालले तत्कारका लागी प्रदेश सरकारको तर्फवाट प्रति घर १० हजारका दरले राहात उपलव्ध गराउनुभएको छ ।

विस्थापीत घर परवारलाई पुनरवासको लागी स्थानीय सरकार र प्रदेश सरकार सग सहकार्य गरेर सुरक्षित स्थानमा वस्नको लागी व्यवस्था मिलाने वताउनुभयो । उहाले भन्नुभयो यो विपदको घडीमा विस्थापित परवारलाई सहयोग गर्न सवैलाई आग्रह समेत गनुभयो ।

प्रतिकृया दिनुहोस्