Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७७/१/१४ गते

काठमाडौं । विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाभाइरसले हालसम्म २ लाख ३ हजार ४२ जनाकाे ज्यान गएकाे छ ।

विगत २४ घण्टामा मात्रै संक्रमणबाट ५ हजार ९ सय ४३ जनाकाे ज्यान गएकाे विश्व स्वास्थ्य संगठनकाे अध्यावधिमा जनाइएकाे छ ।

त्यस्तै ८६ हजार ७ सय ७४ जनामा संक्रमण देखिएकाे छ । हालसम्म संक्रमित हुनेकाे संख्या २९ लाख १५ हजार ६ सय रहेकाे पनि संगठनकाे अध्यावधिमा उल्लेख छ ।

छिमेकी देश भारतमा हलसम्म काेराेना संक्रमणबाट ८ सय २५ जनाकाे ज्यान गएकाे छ । त्यस्तै २६ हजार २ सय ८३ जनामा संक्रमण भएकाे छ । ५ हजार ९ सय ९३ जना उपचार पछि निकाे भएका छन् भने १९ हजार ५ सय १९ जना उपचारमा रहेका छन् ।

संयुक्त राज्य अमेरिकामा ५४ हजार २ सय ५६ जनाकाे काेराेनाभाइरस संक्रमणबाट मृत्यु भएकाे छ भने १ लाख १८ हजार १ सय ६२ जना निकाे भएर घर फर्किएका छन् । अमेरिकामा हालसम्म ९ लाख ६० हजार ६ सय ५१ जनामा संक्रमण भएकाे छ

इटलीमा २६ हजार ३ सय ८४ जनाकाे ज्यान गएकाे छ भने ६३ हजार १ सय २० जना निकाे भएर घर फर्किएका छन् । त्यस्तै हालसमम १ लाख ९५ हजार ३ सय ५१ जनामा संक्रमण देखिएकाे इटलीमा २ हजरा १ सय २ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।

नेपालमा अहिलेसम्म ४९ जना संक्रमित भेटिएका छन् । त्यसमध्ये १२ जना निकाे भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्