Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/८/१२ गते

मंसिर १३ देखी १६ गतेसम्म काठमाडौँ उपत्यकाका सवारीमा जोर विजोर प्रणाली लागु हुने भएको छ ।

उक्त जोर विजोर प्रणाली ‘एसिया प्यासिफिक समिट’ मा आउन लागेका विभिन्न राष्ट्रका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन गृह मन्त्रालयले लागु गर्न निर्देशन दिएको हो ।

जसमध्ये १३ र १५ गते विजोर प्रणाली तथा १४ र १६ गते जोर प्रणाली लागु हुने भएको छ ।

सवारी साधनको अन्तिम अंकको आधारमा जोर विजोर प्रणाली लागु हुनेछ ।

तर अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारीमा भने जोर विजोर प्रणाली लागु नहुने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्