![](https://newsclubnepal.com/wp-content/uploads/2018/11/suzuki.gif)
![](https://newsclubnepal.com/wp-content/uploads/2018/12/rural_houses_roof_of_khar_grass.jpg)
खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यो सत्य हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिको प्रयोगबाट खरको छाना भएका घरलाई आगोबाट बचाउन सकिन्छ । नास्टले केही वर्षदेखि गरिरहेको अध्ययनमा स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने पाइएको हो ।
घरलाई खर, माटो र छाना छोपिने जति प्लाष्टिकको प्रयोग गरेर आगोबाट सुरक्षित गर्न सकिने नास्टको प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । ‘खर र माटो स्थानीयस्तरमा नै उपलब्ध छ, १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म प्लास्टिकमा खर्च गरेपछि घरलाई सुरक्षित बनाउन सकिन्छ,’ उनले भने– ‘खरले छाइसकेपछि त्यसको बाहिरबाट माटोले लिप्सेर त्यस बाहिर प्लास्टिक हाल्दा आगो लाग्न पाउँदैन ।’
प्रमुख ढकालले भने– ‘यो प्रविधि गाउँगाउँमा पुर्याएर गरिव वस्तीलाई जोगाउनुपर्छ ।’ अध्ययन र अनुसन्धानबाट सफल देखिएकोे यो प्रविधिलाई नास्टले समुदायमा हस्तान्तरण समेत गर्न थालेको छ । यो प्रविधिको उपयोग र आगोबाट वस्ती जोगाउनका लागि नागरिकलाई जागरुक बनाउने उद्देश्यले मुलुकका विभिन्न २० ठाउँमा यससम्बन्धी कार्यशाला गरिसकेको प्रमुख ढकालले बताए ।
रौतहट, सिराहालगायतका मुसहर वस्तीमा यो प्रविधि प्रयोग गरेर देखाइसकिएको छ । खरको छाना भएका वस्तीमा यो कार्यक्रम फैलाउँदै जाने योजना नास्टको छ । नास्टले विकास गरेको अरु प्रविधिजस्तै यो प्रविधि देख्दा पनि स्थानीयवासीलगायत सबै अचम्ममा पर्छन् ।
सम्बन्धित स्थानीय प्रशासनले पनि चासो देखाएर यो प्रविधिलाई गाउँ–वस्तीसम्म लैजानुपर्ने बताएका छन् र यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तर, नास्टका प्रतिनिधि फर्किएपछि त्यसमा तदारुकता नदेखाएको प्रमुख ढकालको अनुभव छ । उनले भने– ‘देख्नासाथ जादूजस्तो मानेर गरिहाल्छु भने धेरै छन् तर प्रविधिलाई आत्मसात् गर्नेको सङ्ख्या कम छ ।’ न्युजकाेशेलीबाट साभार
न्