Paschim News

प्रकाशित : २०७५/९/५ गते

काठमाडौंमा यात्रुबहाक बस, माइक्रोदेखी ट्याप्पुसम्म बिभिन्न कोड  भाषा प्रयोग गरी लुटपाट गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ।

महानगरिय प्रहरी परिसर काठमाडौंले सार्वजानिक सवारी साधनहरुमा पाकेटमारी तथा चोरीका घटनाहरु बढेको सुचनाको आधारमा मंसिर १५ बाट यातायात व्यवसायीहरुसंग सहकार्य गरि ५० जना सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजानिक सवारी साधनमा यात्रा गराएर खटाएको थियो।

सो क्रममा प्रहरीले  विभिन्न स्थानमा  संचालित वस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरुको साथवाट पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दा चोर्दे ७७ जना पाकेटमार पक्राउ गर्न सफल भएको  परिसरका डिएसपी होविन्द्र वोगटीले वताए।

चोरीको शैली
प्रहरीका अनुसार सार्वजनिक बसहरुमा विभिन्न बस पकेटहरुवाट २/२ जनाको दरले ६ जना सम्मको ग्रुप वनाई वस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडीवाट घेरावन्दीमा पारि ठेलमठेलको अवस्था वनाई मौका छोपि मोवाईल, नगद र सुनचाँदी पकेटमारी गरि पालो पालो गरि ओर्लने देखीएको छ । उनीहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने गरेको खुलेको छ ।

पाकेटमारले प्रयोग गर्ने सांकेतिक भाषा :-  पैसा – द , मोवाईल – कान, पकेटमारी पीडित – रामे,
पकेटमारी गर्ने (मास्टर) – काशी, पैसा धेरै छ – टानको द पैसा थोरै छ जुटको द , गाडी -कांचा, 
केटा – छापा, केटी -भद्रि पुलिस आयो ठुल्दाई आयो , ड्राईभर – माम, खलासी- मले 
गाडीवाट झरेर भाग- टप्की
गाडी भित्र अगाडी सर – अकल जा
गाडी भित्र पछाडी सर – चिछल जा

वरामद तथा फिर्ता गरिएका सामान
– पकेटमारी गर्दा गर्दे विभिन्न व्यक्तिहरुका रू ५,९६००० (पाँचलाख छयानव्वे हजार) तत्काल सम्बन्धित व्यक्तिलाई पिडितहरुलाई आवश्यकतार व्यवहारीताको आदारमा फिर्ता गरिएको ।
– जि. दाङ्ग घोराई वस्ने घनिमान रोक्का मगर को न्ञुरोडवाट रु १ लाख ९ हजार रुपिया पाकेटमारी गर्दा गर्दे पक्राउ गरि फिर्ता गरेको)
– वरामद भएको रु. १६०७०० रकम चोरीमा मुद्दा चलाई अदालतमा प्रमाणित गरि फिर्ता गर्ने क्रममा रहेको
– मोवाईल थान:-३९ थान
– आईप्याड :- ४ थान
– ल्यापटप :- ५ थान
– अन्य सामान :
सजाय
– पहिलो पटक पाकेट मारी १ महिना जेल तथा विगो वरावरको जरिवाना
– दोस्रो पटक दुई महिनाको कैद तथा विगो वमोजिमको जरिवाना कैद अथवा दुवै सजाय 

प्रतिकृया दिनुहोस्