Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/६/१७ गते

काभ्रेपलाञ्चोक । आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले दाबी गर्नुभएको छ ।

चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गर्नुभएको हो ।

मन्त्री बास्कोटाले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अवधारणासँगै देशको १८ प्रतिशत गरिबीलाई क्रमैसँग घटाउँदै लगिने बताउनुभयो । समाजमा आर्थिक अवस्था कमजोर भएको वर्ग, अप्ठेरोमा परेको वर्गलाई माथि उठाई समान बनाउन सरकार लागिपरेको उल्लेख गर्दै उहाँले अहिले नेताको आफ्नो सफलता नभई जनताको आफ्नो पसिना, बुद्धिविवेकको मूल्यको सफलता भएको उल्लेख गर्नुभयो ।

बास्कोटाले वर्तमान समय विकास निर्माण को समय भएकाले समृद्ध नेपालतर्फ लम्किने जो कोही कतै अल्मलिनु नहुने बताउनुृभयो । उहाँले काग कराउँदै गर्छ, कसैले स्याल हुइँया मच्चाए पनि सरकारको अभियानमा रोकतोक हुँदैन भन्दै सबैलाई ढुक्क हुन अनुरोध गर्नुभयो ।

सरकारको यो शिलान्यासको वर्ष र अर्को उद्घाटनका वर्ष भएको चर्चा गर्दै २२ वर्ष सत्ता चलाउनेको ‘रिजल्ट’ नचाहिने वर्तमान सरकारको एक वर्षमै रिजल्ट चाहियो भन्नु गलत हुने उहाँले जिकिर गर्नुभयो ।

प्रतिकृया दिनुहोस्