Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/६/१७ गते

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग केरुङ–काठमाडौं । रेलमार्ग, सडक, सुरुमार्ग, जलविद्युत परियोजना, प्रसारण लाइन लगायत पूर्वाधारका एक दर्जन बढी एजेण्डामा वार्ता हुने भएको छ ।

राष्ट्रपति सी असोज २५ गते न्पालको भ्रमणमा आउने प्रारम्भिक तयारी छ । बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० अन्तरगत चीन सरकारले गर्ने सहयोगका परियोजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले बताएका छन् । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट ८, उर्जा मन्त्रालयबाट ३, गृह तथा शिक्षा मन्त्रालयबाट १, १ योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारी जुटेका छन् ।

केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग, तातोपानी र रसुवागढी नाका स्तरोन्नति र बाहिरी चक्रपथ निर्माणको विषयमा द्धिपक्षीय छलफल हुनेछ ।

किमाथान्का—धनुकुटा–हिले सडक निर्माण, हिल्सा नाकाको विकास र रेलमार्ग निर्माण पनि एजेण्डामा समावेश छ । यस्तै गल्छी–रसुवागढी–केरुङ प्रसारण लाइन र कर्णली जलविद्युत आयाृजनामा पनि छलफल हुने छ ।

मदन भण्डारीका नाममा खोल्न लागिएको विश्वविद्यालयका लागि सहयोग मागिने छ । चिनियाँ दूतावासका अधिकारी पनि सहयोग परियोजनाबारे छलफलमा व्यस्त छन् ।  अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्