Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/४ गते

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुखको उम्मेदवार टुंगो लगाउन सकस परिरहेका बेला नयाँ विकल्पको खोजी शुरु भएको छ ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सभामुखका लागि नयाँ विकल्पका बारेमा छलफल गर्दै सहमति नजिक पुगेको नेकपा सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलमा नयाँ विकल्पको खोजी भएको छ । अहिलेसम्म चर्चा भएका उम्मेदवारको नाममा सहमति नजुटेपछि नेकपा स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र टोपबहादुर रायमाझीमध्ये एकलाई सभामुख उम्मदेवार बनाउने विषयमा छलफल शुरु भएको छ । यद्यपि, शर्मा र रायमाझीको नाममा समेत अहिलेसम्म सहमति जुट्न सकेको छैन । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिकृया दिनुहोस्