Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/६/१८ गते

काठमाडौं । बडा दशैंको सातौं दिन काठमाडौं हनुमानढोकास्थित दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको दशैं घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो ।

त्यसअवसरमा मन्दिरका पूजारीले फूलपाती पूजा आराधना गरी भित्रयाउनु भएको थियो । नेपाली सेनाको टुकडीले तोप पड्काएर वर्षबढाई गरेका थिए । परापूर्वकाल देखिनै काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउन गरिन्छ । यसको महत्व र चर्चा पनि बेग्लै छ । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजय हासिल गरेर हनुमानढोका दरबारबाट राजकाज शुरु गरेसँगै गोरखा दरबारबाट फूलपाती ल्याउने प्रचलन शुरु भएको हो ।

गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दशैंघरका पूजारीसहित मगरजातिका ६ जनाले ल्याउने र जीवनपुरबाट हनुमानढोकासम्म ब्राह्मण जातिका ६ जनाले फूलपाती ल्याउने प्रचलन छ ।

प्रतिकृया दिनुहोस्