Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/६/२१ गते

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका आमाको हातबाट लगाउनु भएको छ । राष्ट्रपति भण्डारीले सितल निवासमा शुभसाइत्को अवसर पारेर बिहान १० स् ३५ बजे आमा मिथिला पाण्डेको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको हो ।

राष्ट्रपतिले आमासँग टीका लगाउनुअघि मूलपुरोहितबाट राजकीय विधि अनुसार अभिषेक ग्रहण गर्नुभएको थियो । राष्ट्रपतिले आमासँग टीका लगाएपछि परिवारका अन्य सदस्यहरुलाई टीका लगाइदिनुभएको छ ।

राष्ट्रपतिले सम्माननीय, माननीय, संवैधानिक निकायका पदाधिकारी र विशिष्टहरुलाई दिउँसो १ बजेदेखि टीका लगाइदिनु हुनेछ । सर्वसाधरणको लागि दिउँसो साढे २ बजेपछि टीका शुरु हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्