Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/६/२३ गते

काठमाडौं । दशैँतिहारमा पिङ खेल्नु अनिवार्य जस्तै मानिने भए पनि पछिल्लोसमय यसप्रतिको आकर्षण घट्दै गएको छ । शहरमा मात्रै होइन, गाउँमा समेत पिङ हाल्ने र खेल्ने चलन कम भएको छ ।

दशैँका समयमा पिङ खेल्नु, चंगा उडाउनु, जेष्ठ नागरिककको गफ सुन्नुलाइ कुनै समय अनिवार्य जस्तै मानिन्थ्यो । तर प्रविधिमा युवापुस्ता रमाउन थालेपछि पिङ खेल्ने र चंगा उडाउने क्रम घटेको छ । शहरमा मात्रै होइन, गाउँमा समेत पिङको रौनक देखिँदैन अचेल ।

दशैँ शुरु हुन थालेपछि गाउँका सबै युवा र वृद्ध जुटेर पिङ हाल्ने संस्कृति हराएको मात्रै छैन । शहरमा त हालिएका पिङमा खेल्ने आउने पनि छैनन् । पिङ र चंगाप्रति आकर्षण घट्दै गए पनि चंगा उडाउँदा रमाइलो हुने अनुभव सुनाउँछन् ।

रोटे पिङ, चर्खे पिङ, लिङ्गे पिङ, जाँते पिङ खेल्ने परम्परा हराउँदै जाँदा नेपालीपनको मौलिक संस्कृति पनि लोप हुँदै गएको छ । कला, संस्कृति संरक्षण र संम्वद्र्धनका लागि राज्यले नागरिकलाई झक्झकाउनु पर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्