Paschim News

प्रकाशित : २०७६/६/३० गते

आनन्द पोखरेल
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजिएको बताउनुभएको छ ।

देश भरिका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको दाहालले बताउनु भएको हो ।

नेकपा चितवनले चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा दाहालले त्यस्ता प्रतिगामीहरुलाई पार्टी भित्रकै केही तत्वले जानअञ्जानमा साथ दिएको दाहालको आराेप लगाउनुभएकाे छ । पछिल्लो समयमा कम्युनिष्ट आदर्श स्खलित बनेको दाहालको भनाइ छ ।

रुसी कम्युनिष्ट पार्टीको पतनको सन्रदर्भ निकाल्दै अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीलाई प्रतिगामीबाट कुनै खतरा नभए पनि आफैभित्र मौलाएको अराजकताबाट खतरा भएको बताउनुभयो।

प्रतिकृया दिनुहोस्