Paschim News

प्रकाशित : २०७६/७/९ गते

माेरङ। कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीका लागि आलाेपालोको सहमति नभएको बताउनुभएको छ ।

नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री बन्नका लागि आलोपालोको सहमति नभएको बताउनुभएको हो ।

कार्यबाहक प्रधानमन्त्री पोखरेलले आवश्यकता अनुसार पार्टीका जोकोही नेताहरुको पनि जिम्मेवारी हेरफेर हुनसक्ने बताउनुभयो । ‘आलापालो प्रधानमन्त्री बन्ने भनेर कहीँ पनि सहमति भएको छैन,’ विराटनगरमा शुक्रबार संचारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कार्यबाहक प्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘जे आलोपालो भन्दै हुनुहुन्छ, त्यो आलोपालो भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीलाई संस्थागत र विधिवत रुपमा जानकारी छैन।’

जीवित पार्टीमा कतिपय विषयमा बहस हुने भएपनि सञ्चार माध्यममा आएजस्तो दुई अध्यक्षबीच कुनै विवाद नभएको पोखरेलले दावी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्