Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/७/१० गते

काठमाडौं । नेपालहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा  यमपञ्चक र धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिदै छ ।

कात्तिक कृष्ण चतुर्दशी मनाइए पनि आइतबार बिहान चतुर्दशी र मध्यान्नपछि रातभर औंसी तिथि रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । त्यसैले बिहान कुकुरपूजा गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ ।

सोमबार बिहान औंसी तिथि भए पनि बिहानको ९ बजेर ४३ मिनेट गएपछि प्रतिपदा तिथि लाग्नेछ । कात्तिक कृष्ण औंसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा\आराधना गर्ने चलन रहेको छ । कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अध्यारो रातको रुपमा लिइन्छ ।

अध्यारो रातलाई प्रकाशले आलोकित पार्न आज घरघरमा झिलिमिली बत्ति बालेर लक्ष्मी भित्र्याइने प्रचलन छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको उत्तम साइत मंगलबार बिहान ११ः५५ मा छ ।

प्रतिकृया दिनुहोस्