Paschim News

प्रकाशित : २०७६/७/११ गते

यमपञ्चक वा महान पर्व तिहार अन्तर्गत आज गाईको पूजा गरी गाई तिहार मनाइन्छ । कार्तिक कृष्ण औंसीका दिन लोकमा गाईलाई लक्ष्मीको प्रतीक र गौमाता मानेर आमाको रुपमा पूजा गरिन्छ । साथै आजै घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ र नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिन्छ । 

गाईका शरीरमा सबै देवदेवता निवास गर्ने शास्त्रीय कथन अनुसार गाईपूजा गर्दा गाईका शिरदेखि पाउसम्मका अंगहरुको पूजागर्ने चलन छ । गाईलाई सिंगारेर माला लगाइदिई तेल घसेर सम्मान गरी मीठोमीठो खानेकुरा दिइन्छ । पूजाआज सकिएपछि गाई चराउन निकाल्ने मार्गमा तोरण तारेर चरनमा लाने चलन छ । कसैकसैले यस दिन गाईलाई बालीमा हुलेर चराउने गर्छन् । रक्षाबन्धनका दिन हातमा बाँधेको डोरो यस दिन गाईको पुच्छरमा बाँधिदिनाले मृत्युपछिको कष्टमय सागर वा वैतरणी पार गर्न सजिलो हुने विश्वास छ । गाई अत्यन्तै गुनी र सुधो प्राणी हो । गाईको संगतले आत्मशान्ति प्राप्त हुने प्रमाणित भइसकेकोछ । समाजमा सज्जन र ज्ञानीजनलाई गाईको उपमा दिइन्छ । गावो विश्वष्य मातर भनेर गाईलाई विश्वकी माता मान्ने वैदिक उद्घोष छ ।

यसै दिन बेलुकी घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजा गर्दा नयाँ भाँडा ल्याई त्यसमा धनदौलत राखी आँगनदेखि लिपपोत गरी चामलको पिठाले लक्ष्मीको पाइला बनाई ढुकुटीसम्म पु¥याई लक्ष्मीलाई घरमा अटल रहन स्तुति गरिन्छ । धनसम्पत्तिलाई लक्ष्मीको प्रतीकका रुपमा पूजा गरिन्छ । लक्ष्मीको पूजा गर्दा विशेष रुपले दीपावली गरिन्छ । लक्ष्मीपूजा गरेको कोठा खुलै राख्ने पनि चलन छ । महलक्ष्मीको पूजाआजा गर्ने यस रातलाई सुखरात्रि भन्ने गरिन्छ । लक्ष्मीपूजा सकेपछि महिलाहरु घरघरमा गई  भैलो खेली सुखशान्ति सम्पन्नता र वैभवको कामना गर्ने चलन छ । विष्णुका परम्भक्त बलिबाट लक्ष्मीले विष्णुलाई मुक्त पारेको सम्झनामा भैलो खेल्ने चलन शुरु भएको कथन छ ।

यसै दिन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइन्छ । विसं १९९६ को लक्ष्मीपूजाका दिन जन्मेका महाकवि देवकोटाले सानैदेखि काव्य,महाकाव्य, निबन्ध लगायतका सारा विधामा कलम चलाई नेपाली साहित्यलाई विश्व साहित्यको स्तरमा पु¥याउन सफल भएका थिए । पागल कविता,मुनामदन काव्य, शाकुन्तल महाकाव्य लगाएत दर्जनौं प्रसिद्ध कीर्ति दिएर उनले नेपाली साहित्यलाई धनी र समृद्ध बनाएका छन् । नेपाली भाषालाई विश्वकोटिको उचाइमा पु¥याएका छन् ।

गाईतिहारका दिनदेखि तीन दिनसम्म तिहारको बिदा शुरु हुने हुँदा यस दिनदखि बजारमा किनमेलको घुइँचो लाग्ने गर्छ पसलहरु फूलमालाले सजाएर धपक्क बलेको जस्तो देखिन्छ । ठाउँठाउँमा थुपारिएको फूलमालाको थुप्रोले मनै लोभ्याउंछ । 

 

प्रतिकृया दिनुहोस्