Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/७/१२ गते

काठमाडौं । तिहारको आज पाचौं अर्थात अनितम दिन, भाइटिका । नेपाली समाजमा दाजुभाई तथा दिदिबहिनीहरुले अत्यन्तै महत्वका साथ मनाउने भाइटिकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

शास्त्रमा उल्लेख भएअनुसार यमराजललाई अल्प आयुमा नै नलोगोस् भन्दै दिदी बहिनीले कहिल्यै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजु भाइलाई पूजा गरेको उल्लेख छ । आजको दिनमा दिदी बहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाइदिई कटुस, ओखर नरिवल मिष्ठान्न परिकार र सेलरोटी दिने प्रचलन छ । त्यस्तै, आजको दिनमा दिदी बहिनीले दाजुभाइलाई पूजा गरिसकेपछि दाजुभाइले पनि दिदी बहिनीलाई टिकाका साथमा आफ्नो गच्छे अनुसारको दक्षिणा र उपहार दिने चलन रहिआएको छ ।

शुभ साइतमा दाजू–भाइ पश्चिम मुखासन भई बस्ने तथा दिदीबहिनी पूर्वाभिमूख भई दाजु–भाइलाई टिका लगाई शुभाशिष दिई शुभ सगुन ख्वाउनु उत्तम हुने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यसैगरी दाजुभाइ नभएका दिदी बहिनीले मनाउँदै आएको भाइटिका यसवर्ष काठमाडौंको कमल पोखरीमा मनाईने भएको छ । २०७२ बैशाख १२ गतेको भुकम्पले रानी पोखरी बिग्रिएपछि यस वर्ष कमल पोखरीमा भाइटिका मनाउन लागिएको हो । २०७२ साल बैशाख १२ गतेको भुकम्पले रानी पोखरी भत्किएपछि विगतमा छठ मात्र मनाइँदै आएको कमल पोखरीमा यस बर्ष भाइटिका मनाउन लागिएको हो ।

भाइटिकाका लागि आयोजक संस्कृत संरक्षण एवं सम्वद्र्धन समाज र कमल पोखरी संरक्षण एवं जनहित समाजले सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । छठ र तिहारलाई मध्यजनर गर्दै विभिन्न संघसंस्थाको सहयोगमा करिब ७ लाख लगानीमा पोखरीको सरसफाई तथा पुर्ननिर्माणको काम गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्