Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/७/१५ गते

फाइल तस्बिर

चितवन । दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा दशजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचजना पैदलयात्री रहेका छन् ।

असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म ३५ दुर्घटनामा दशजनाको मुत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा १ सय ६ जना घाइते भएका थिए, जसमा २५ जना गम्भीर घाइते र ८१ जना सामान्य घाइते भएकाे प्रहरीको भनाइ छ ।

बस दुर्घटनामा एकजना, मोटरसाइकल दुर्घटनामा तीनजना र साइकल दुर्घटनामा एकजनाको मृत्यु भएको हो । अन्य पाँचजना पैदल यात्रीलाई सवारी साधनले ठक्कर दिदा मृत्यु भएको प्रहरीको भनाइ छ । पैदल यात्रीको लावरवाही तथा तीव्र गतिमा सवारी साधनका कारण दुर्घटना हुने गरेका छन् ।

पैदल यात्री तथा सवारी चालकको लावरवाहीका कारण बढ्दो दुर्घटनालाई ध्यान दिएर ट्राफिक सवारी चालक र पैदल यात्रीका लागि जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्