Paschim News

प्रकाशित : २०७६/७/२० गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पार्नुभएको छ । बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै भट्टराईले नेपाली भूभागलाई भारतीय नक्शामा राखेकोमा आफूहरुको गम्भिर ध्यानाकार्षण भएको स्पष्ट पार्नुभएको हो । भट्टराईले भन्नुभयो ,‘कालापानी नेपाली भ–ूभाग हो ।

भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी नेपाली भ–ूभाग रहेको भन्ने उल्लेख गर्नुहुँदै १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्ने बताउनुभयो । कालापानीलगायत सबै सिमा विवाद टुँग्याउनुपर्छ ।’ भट्टराईले सिमा विवादहरु सहमतिअनुसार कुटनीतिक टेबुलमा बसेर समाधान गर्नुपर्ने धारणा राख्नुभयोे ।

उहाँले भन्नुभयोे, ‘कुटनीतिक छलफलको आधारमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो । अर्को विकल्प छैन् ।’

वर्तमान सरकार प्रभावकारी कुटनीतिक पहलकदमी लिनेबारे सचेत रहेको पनि भट्टराइको भनाई छ । सिमा विवादबारे दुवै मुलुकको सहमतिमा मात्रै निश्कर्षमा पुग्नुपर्ने बताउँदै एकपक्षीय निर्णय अमान्य हुने उहाँलृ प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयोे, ‘जुनसुकै समस्याको समाधान कुटनीतिक निश्कर्षमा पुग्नुपर्छ ।’ सरकारले जि.पि.एस. प्रणालीमार्फत सिमा व्यवस्थित् गर्न लागिरहेको र यसबारेमा एउटा टोली बनाइएको छ, उनीहरुले अध्ययन गरिरहेका छन् ।’

नेपाल र भारतबीच कतिपय सिमा खोलाले छुट्याउने गरेको र कहिलेकाहीँ खोलाले आफ्नो बहाव परिवर्तन गर्दा समस्या हुने गरेको पनि भट्टराइले सुनाउनुभयो । उहाँले भन्नुभयोे, ‘कतिपय पिलरहरु हराएका छन् । जमिन अतिक्रमण भएका छन् ।’ नेपाल र भारत दुवैतर्फ रहेका स्थायी संयन्त्रमार्फत सिमा विवाद समाधान गर्नुपर्छ ।

यसैगरी भट्टराइले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) मा पनि सिमा विवादसम्बन्धी एउटा बुँदामा विस्तृत सुझाव समेटिएको उल्लेख गर्नुभएको छ । यसबारेमा विस्तृत सुझावसहितको प्रतिवेदन तयार भएको र ईपिजीको प्रतिवेदन छिट्टै बुझिने उहाँको भनाई छ ।

भट्टराइले नेपाल–भारत सम्बन्ध आजको युग सुहाउँदो बनाउनेगरि सरकार अघि बढ्ने बताउनुभएको छ । नेपाल र भारत दुवै सार्वभौमसत्ता सम्पन्न देश भएकोले कुटनीतिक पहलमार्फत समस्याहरु समाधा गर्नुपर्ने धारणा भट्टराइले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्