Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/८/३० गते

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पूर्ननिर्माणमा अपेक्षा अनुसारको तीव्रता दिन नसकिएको बताउनुभएको छ ।

२५ औँ महानगर दिवसका अवशरमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले कामले तिव्रता नपाएको बताउनुभएको हो । विवादकै कारण रानीपोखरी, काष्ठमण्डप पूनर्निर्माणको काम एक वर्ष ढिलागरी शुरु भएको उहाँले बताउनुभयो । मेयर शाक्यले आफूले निर्वाचनका समयमा जाहेर गरेका प्रतिवद्धता सबै नभएपनि धेरै काम भएको बताउनुभयो । ‘केही काम गर्न पनि बाँकी छन् । त्यो बेला भनेका बाहेक थप काम पनि भएका छन् । अन्य पार्टीले घोषणा गरेका राम्रा कुराहरु आफ्नै बनाएर लागु गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।

२५औँ महानगर दिवसका अवशरमा सडक मानवमुक्त अभियानको घोषणा गरिएको छ । महानगर स्थापना भएको दिनको सम्झनामा भएको कार्यक्रममा सडकमानव मुक्त अभियानको घोषणा गरिएको हो ।

उपमेयर हरिप्रभा खड्गीले देशको विकासका लागि अब महिला नेतृत्व आवश्यक रहेको बताउनुभयो । अबको स्थानीय तहमा वडाध्यक्ष, उपप्रमुखमा मात्रै सिमित भएर विकास सम्भव नभएको भन्दै उहाँले स्थानीय तहको प्रमुख र अरु संवैधानिक निकायहरुमा महिलाहरुको सहभागिता महत्वपूर्ण रहने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्