Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/१ गते

सयुक्त राज्य अमेरिका । संयुक्त राष्ट्रसंघको इतिहासमा सबैभन्दा लामो समयसम्म चलेको जलवायु परिवर्तन सम्बन्धी सम्झाैतामा सहमति जुटेको छ ।

स्पेनको मड्रिडमा दक्षिण अमेरिकी देश चिलेको अध्यक्षतामा आयोजित संयुक्त राष्ट्रसंघीय जवलायु सम्मेलनमा प्रस्ताव गरिएको महत्वकांक्षी सम्झौतामा सहमति जुट्न नसक्दा वार्ता लम्बिएको थियो । तर प्रतिनिधिहरुले ‘कम्प्रोमाइज डिल’ गरेर सम्मेलन टुंग्याएका हुन् ।

लम्बिएको सम्मेलनका कारण थकित बनेका प्रतिनिधिहरु विश्वव्यापी रुपमा भइरहेको कार्बन उत्सर्जन कम गर्ने सम्बन्धी प्रयास वृद्धि गर्ने बुँदामा सहमत भएका हुन् । विश्वका सबै देशले आउँदो वर्ष ग्लासगोमा हुने सम्मेलन सम्ममा आफ्नो नयाँ जलवायु प्रतिवद्धता प्रस्तुत गर्न सक्ने हुनु पर्नेछ । कार्बन मार्केटसहितका उच्च विवादित विषयहरु भने आउँदो सम्मेलनसम्मका लागि थाँती राखिएको छ ।

अतिरिक्त दुई दिन चलेको सम्मेलनमा प्रतिनिधिहरु बीच कार्बन उत्सर्जन कटौती गर्ने नयाँ योजना तयार पार्ने तथा विज्ञानले भनेको र नीतिबीचको भिन्नता मेटाउन सबै पक्षले काम गर्नु पर्ने विषयमा सहमति भएको छ ।

प्रतिकृया दिनुहोस्