Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/१ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटि बैठकको तेस्रो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा प्रस्तुत राजनितीक प्रतिवेदनमाथि टिप्पणी गरिएको छ । कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको तेस्रो दिनको बैठक पनि राजनितीक प्रतिवेदनको टिप्पणी मै सिमित भएको हो ।

मंगलबारको बैठकमा स्थायी कमिटि र आमन्त्रीत सदस्य गरेर १३ जनाले राजनितीक प्रतिवेदनमाथि आफ्ना आलोचनात्मक धारणा राखेका छन् । धारणा राख्ने क्रममा सदस्यहरुले एकतालाई अझ सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित हुनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझाव दिए ।

स्थायी समितिको अर्को बैठक बुधबार ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरी स्थागित भएको पार्टी प्रवक्ता नारायनकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस्