Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/२ गते

काठमाडाैं । पाकिस्तानका पूर्व राष्ट्रपति पर्वेज मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

विशेष अदालतको तीन–सदस्यीय इजलासले पूर्व सैन्यशासक पर्वेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको फैसला सुनाएको हो ।

पेशावर उच्चअदालतका प्रधानन्यायाधीश वकर अहमद सेठको नेतृत्वको इजलाशले मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको हो । सन् २००७ मा संविधान निलम्बित गरेको भन्दै देशद्रोहको मुद्दामा अदालतले फैसला सुनाएको हो । पाकिस्तानको इतिहासकै पहिलोपटक पूर्व सरकार प्रमुखलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

तत्कालिन सैन्यप्रमुख तथा राष्ट्रपति मुसर्रफ सन् २०१६ देखि युएईको दुबईमा उपचार गर्दै आएका छन् । मुशर्रफले सन् १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता आफ्नो हातमा लिएका थिए । सन् २००१ को जुनमा मुशर्रफले सैन्य प्रमुख रहेकै बेला आफैलाई राष्ट्रपति घोषित गरेका थिए । सन् २००२ को अप्रिलमा विवादास्पद जनमतसंग्रह गराएर मुशर्रफ थप पाँच वर्षका लागि राष्ट्रपति बनेका थिए ।

प्रतिकृया दिनुहोस्