न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/२८ गते
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सभामुखको चयन प्रक्रियाका लागि निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।
सभामुख चयनको विषय लम्बिदै जाँँदा लाजमर्दो भएको र प्रतिपक्षीले प्रश्न गर्ने ठाउँ पाएको भन्दै चाँडै प्रकिया टुंग्याउनुपर्ने नेपालको तर्क छ । संघीय संसद सभामुखको विषयमा पार्टीले गर्ने निर्णय नै आधिकारिक हुने नेपालको भनाइ छ । नेपालले कार्यकर्ताले पार्टीको निर्णयमा अवरोध सिर्जना गर्नेगरी अडान लिन नहुने तर्क गर्नुभयो ।
एक फरक प्रसंगमा नेता नेपालले भीम रावललाई बालुटारबाट धम्की आएको बारेमा भने आधिकारिक जानकारी नभएको बताउनुभयो । रावललाई धम्की आएको प्रमाणित भए धम्की दिनेलाई कडा कारबाही हुने नेपालको जोड थियो ।
सरकारले सभामुख, मन्त्रीलगायत चयन गर्ने विषयलाई बहसको विषय बनाउँदा विवाद सिर्जना हुने गरेको बताउनुभयो ।