Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/२९ गते

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले नेकपाले सभामुखको उम्मेदवार निश्चित नगरेसम्म आफूले राजीनामा नदिने अडान दोहोर्याएकी छन् । पार्टी सचिवालयको तर्फबाट लेखिएको पत्रप्रति उनले आपति जनाएकी छन् ।

नेकपाका दुई अध्यक्षले उपसभामुख तुम्बाङ्फेलाई भेट्न आइतबार ११ बालुवाटार बोलाएका थिए । पार्टी सचिवालयले गरेको निर्णय दोहोर्याउँदै उनीहरुले राजीनामा गरेर पार्टीलाई सहयोग गर्न आग्रह गरेका थिए । तर तुम्बाङ्फेले पार्टी गरेको लेखेको व्यहोराको पत्र भाषाप्रति गम्भी आपत्ति जनाएको स्रातले बताएको छ ।

पत्रमा के लेखिएको छ, अहिले म पार्टी सदस्य होइन, मैले संविधान र कानुन पालना गर्ने हो, पार्टीको निर्देशन होइन, स्रोतका अनुसार तुम्बाङ्फेको ‘गैरजिम्मेवार बनेर प्रतिनिधिसभालाई रिक्त बनाउँदै राजीनामा दिन मिल्दैन ? म जुन पदीय जिम्मेवारीमा बसेको छु, त्यसमा एउटा पार्टीले निर्देशन दिन मिल्छ ?’

उनले पार्टीको पत्रको कुनै अर्थ नरहने र राजीनामा पनि नदिने बताउँदै पत्रचार गर्ने महासचिव विष्णु पौडेललाई पत्र फिर्ता लिन चेतावनी समेत दिएको स्रोतको दाबी छ । तपाईको पत्रमा के लेखिएको ? मैले के गल्ती गरेकी छु, त्यसरी निर्देशन दिन मिल्छ ? तपाईको पत्र तपाईकै गोजीमा राख्नुस्, म राजीनामा दिन्न’ भनेर तुम्बाङ्फे अध्यक्षद्वयसँग जंगिएको स्रोतले बताएको छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ,

प्रतिकृया दिनुहोस्