Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/११/९ गते

काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा पसिना आउँदा ‘मुलुकमा अनिष्ट हुन्छ’ भन्ने धार्मिक मान्यता छ । संयोग हो कि प्रकृतिको संकेत, विगतमा मुलुकमा विभिन्न अविष्ट घटना हुनु केही दिनअघि भीमेश्वर मन्दिरको शीलामा पसिना आएको इतिहास छ ।
भीमेश्वर मन्दिरका्े शीलामा अहिले फेरि पसिना आएको छ । भीमेश्वर नगरपालिकाको वडा नम्बर २ मा रहेको भीमेश्वर मन्दिरको शीलामा बिहीबार बिहानदेखि पसिना आएकोे हो ।

मन्दिरका पुजारी काशीनारयण श्रेष्ठले बिहीबार बिहान पूजा गर्नको लागि मन्दिर जाँदा शीलामा पसिना आएको भेटेको र त्यसलाई आफूले कपासले पुछेको जानकारी दिनुभएको छ ।  ‘बिहान साढे ५ बजे मन्दिरमा आउँदा शीला सामान्य भिजेको जस्तो लाग्यो, भक्तजनले नरिबल फुटाएर त्यसको रस हालेको हो कि भन्ने ठानेँ उहाँ भन्नुभयो, ‘पछि शीलामा झन् झ्न पानीको फोका जस्तो देखिन थालेपछि बल्ल पसिना आएको रहेछ भन्ने बुझियो । त्यसलाई मैले कपासले पुछेँ ।’

शीलामा आएको पसिना तत्कादै विधिपूर्वक पुछ्न सके अनिष्टको परिणाम कम हुने विश्वास ममेत छ । ‘त्यसपछि मैले मुलुकमा अनिष्ट नहोस् भनेर घण्टा बजाई पसिना पुछे’ पुजारी श्रेष्ठले भन्नुभयो, ‘पसिना पुछेको कपास पहिला (मुलुकमा राजतन्त्र रहुन्जेल) दरबारमा पठाइन्थ्यो, मुलुकमा गणतन्त्र आएपछि प्रधानमन्त्री कार्यालय पठाउने गरेका छौं ।’

मन्दिरको शीलामा पसिना आएपछि त्यसलाई हेर्न स्थानीय, सेना, प्रहरी र दर्शनाथीको घुइँचो लागेको छ । पसिना पुछेको कपास त्यसबेला मन्दिरमा आएकाहरुलाई प्रसादको रुपम बाँड्ने चलन छ । पसिना पुछिएको कपास घरमा लगेर राखे पविारमा अनिष्ट हुँदैन भन्ने मान्यता समेत छ ।

वडा नम्बर २ का अध्यक्ष बिराज श्रेष्ठ भीमेश्वर मन्दिरको शीलामा पसिना आउँदा मुलुकमा कुनै, अनिष्ट वा निकै ठूलो राजनीतिक परिवर्तन हुने जनविश्वास रहेको बताउनुहुन्छ । अध्यक्ष श्रेष्ठका अनुसार भीमेसनको दाँयाभाग बाट पसिना आए मुलुक र बाँया भागबाट आए जनतामा अनिष्ट हुन्छ भन्ने विश्वास रहँदै आएको छ । बिहीबार बिहान दुबै भागबाट पसिना आएको छ । पुजारीले श्रेष्ठले शुरुमा दायाँ र त्यसपछि बाँया भागबाट पसिना आएको जानकारी दिनुभयो ।

मन्दिर व्यवस्थानपन समितिले पसनाबारे राष्ट्रपति र प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराएको छ । मुलुको ठूलो राजनीतक परिवर्तन तथा अनिष्ट घटना हुनुअघि भीमेसनमा पसिना आएको इतिहास छ । राणा शासनले १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेृमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई फाँसी दिनुअघि, २००७ सालको क्रान्ति हुने बेला र राजा भित्रुवनको निधन हुनुअघि पश्निा आएको देखिएको बूढापाका बताउँछन् ।

त्यस्तै, २०१८ सालमा मुलुकमका बाढी पहिरो जाँदा, २०२८ सालमा राजा महेन्द्रको निधान हुँदा, २०३६ सालमा जनमत संग्रह हुँदा, २०४६ सालको राजनीतक परिवर्तन हुनुअघि समेत पसना आएको बूढा पाको अनुभव छ । २०५८ साल जेष्ठ १९ गते दरबार हत्या काण्ड हुनु अघि पनि भीमसेनमा २ पटक पसिना आएको थियो । त्यसबेला २०५७ साल माज्ञ १ र १५ गते पसिना आएको देख्नेहरु बताउँछन् । २०६२, ०६३ को राजनीतिक परिवर्तन हुनुअघि, मुलुकमा गणतन्त्र घोषणा भएको बेला पनि पसिना आएको थियो । २०७२ सालको महाभूकम्प र नाका बन्दी हुनुअघि पनि पसना आएको पुजारीले स्मरण गराउनु भयो ।

प्रतिकृया दिनुहोस्