न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/११/९ गते
काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार साँझ मन्त्री बाँस्कोटाको मन्त्रालयको कार्यकक्षमा छापा मारेको हो ।
निवर्तमान मन्त्री बाँस्कोटाको कार्यकक्षमा छापा मार्न अख्तियार टोली सादा पोशाकमा पुगेका थिए । अख्तियार टोलीले निवर्तमान मन्त्री बाँस्कोटाको कार्यकक्षमा रहेका विभिन्न फाइल तथा कागजात जफत गरेकाे छ ।
बाँस्कोटाले प्रयोग गर्दै मन्त्रालयको दराजमा अख्तियारले सिलबन्दी गरेको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड मागेको अडियो सार्वजनिक भएपछि त्यसबारे अनुसन्धान थालिएको जानकारी दिनुभयो ।