Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/२५ गते

काठमाडौं । लगभग विश्वका सबै देशमा फैलिइसकेकाे काेराेना भइरसकाे संक्रमणले मानिसकाे ज्यान जाने क्रम बढिरहेकाे छ ।

पछिल्लो अपढेट अनुसार भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको ७४ हजार ६ सय ३५ काे पुगेकाे छ ।

विश्वभरमा  १३ लाख ४४ हजार ८  सय ५९ मा संक्रमण पुष्टी भइकेकाे छ । संक्रमितमध्ये २ लाख ७८ हजार ३ सय ३ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १० लाख बढीको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ३ लाख ६६ हजार १ सय १३ जना संक्रमित भएका छन् । त्यस्तै १० हजार ८ सय ९८ जनाको संक्रमणबाट ज्यान गएको छ भने १९ अजार ५ सय ७३ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् ।

अहिलेसम्म इटलीमा सबैभन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या १६ हजार ५ सय २३ पुगेको छ भने २२ हजार ८ सय ३७ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये ३ हजार ८ सय ९८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनमा ८१ हजार ७ सय ८ जनामा संक्रमण देखिएकाेमा ७७ हजार ७८ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ३३ हजार ३ सय ३१ जनाले ज्यान गुमाएकाे चीनमा २  सय ६५ जना अझै गम्भीर अवस्थामा रहेकाे जनाइएकाे छ ।

प्रतिकृया दिनुहोस्