News Portal

मजदूर वर्गको सुरक्षा बिना देश सम्पन्न बन्दैन : पूर्व राजा ज्ञानेन्द्र

२७७४ पटक

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रले मजदूरको वर्गको सुरक्षा बिना देश सम्पन्न नबन्ने बताउनुभएको छ ।

कोरोनाभाइरस संक्रमण हुँन नदिनका लागि सरकारले गरेको लकडाउनमा परेका मजदूर वर्गको पीडालाई राजनीतिक दलका संगठनहरुले ध्यान नदिएको भन्दै शाहले ट्वीटमार्फत यस्तो बताउनुभएको हो ।

मजदूर वर्गका हितका लागि खोलिएका विभिन्न राजनीतिक दलका संगठनहरुले संकटको घडीमा हात बाँधेर बस्नु विडम्वना हो भन्दै पूर्व राजा शाहले यो मजदूर वर्गको अपमान हो भन्नुभएको छ ।

राजनैतिक दलद्वारा प्रश्रय प्रदान गरिएका आम मजदूर वर्गका हक र हितका लागि देशैभर संचालनमा रहेका संगठनहरु यस प्रकारको संकटको घडीमा आफ्ना हात बाँधेर बस्नु बिडम्बना मात्र नभई मजदूर वर्गको अपमान पनि हो। मजदूर वर्गको सुरक्षा बिना कहिले पनि देश सम्पन्न बन्न नसक्ने तथ्यलाई नकार्न मिल्दैन।

 

प्रतिकृया दिनुहोस्