Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७७/१/१० गते

काठमाडौं । विगत २४ घण्टामा काेराेनाभाइरस संक्रमितकाे संख्या ७४ हजार ४ सय ६५ जना पुगेकाे छ । ७ हजार  १६ जनाले ज्यान गुमाएका छन् ।

विश्वका करिब सबै देशमा फैलिइसकेकाे काेराेना भइरसकाे संक्रमणका कारण मानिसकाे ज्यान जाने क्रम जारी छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ ।

विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चाैथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । विश्व स्वास्थ्य संगठनकाे पछिल्लाे अपडेट अनुसार काेराेना संक्रमणबाट १ लाख ७७ हजार ४ सय १३ जनाकाे मृत्यु भइसकेकाे  छ ।

विश्वभरमा  २५ लाख ५४ हजार ९९२ जना संक्रमित भएकाे पुष्टि भइकेकाे छ । संक्रमित मध्ये ६ लाख ९० हजार ६ सय १७ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १७ लाखकाे स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ८ लाख १९ हजार ६ सय  २० जना संक्रमित भएका छन् । त्यस्तै ४५ हजार  ३ सय १४ जनाको संक्रमणबाट ज्यान गएको छ भने ८२ हजार ८ सय ६० जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । १४ हजार १६ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । अहिलेसम्म भाइरसकाे संक्रमणबाट अमेरिकामा सबैभन्दा बढी संक्रमितकाे  ज्यान गएकाे छ ।

काेराेना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली दाेस्राे स्थानमा रहेकाे छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या २४ हजार ६ सय ४८ पुगेको छ भने ५१ हजार ६ सय जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये २ हजार ४ सय ७१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । इटलीमा अहिलेसम्म १ लाख ८३ हजार ९ सय ५७ जनामा संक्रमण भएकाे छ ।

चीनमा ८२ हजार ७ सय ५८ जनामा संक्रमण देखिएकाेमा ७७ हजार १ सय २३ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएकाे चीनमा ८२ जना अझै गम्भीर अवस्थामा रहेकाे जनाइएकाे छ । विगत २४ घण्टामा चीनमा काेराेना संक्रमणाका कारण कसैकाे पनि ज्यान नगएकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ ।

नेपालमा अहिलेसम्म ४२ जनामा संक्रमण देखिएकाे छ, जसमा अधिकांश भारतलगायत विदेशबाट नेपाल भित्रिएका छन् भने एकजनामा नेपालमै संक्रमण देखिएकाे छ । पाँचजना पूर्ण स्वस्थ भई घर फर्किएका छन् भने बाँकी ३८ जनाकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रतिकृया दिनुहोस्