Paschim News

आज : २०८० आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
रिदेन महर्जन प्रकाशित : २०७५/४/१८ गते

नयाँ बर्षको आगमनसँगै गायक मोडल, सुरेन्द्र आमात्यको ‘डँम्फु नै बोकी च्याङ्बा नाच्यो मैच्याङ्ग देखर’ राष्ट्रिय एकताको सन्देश दिएको गीत हालै बजारमा आएको छ ।

 

काठमाडौंका धर्तिपुत्र गायक आमात्यले नेपाली जातजातिहरु बीच जातिय द्धन्द्ध, बैमनश्यता हटाई राष्ट्रलाई एक सुक्रमा बाढ्न, भाइचार, सद्भाव, कायम गर्नको लागि गीत गाउनु भएको जानकारी दिनु भयो ।

 

आज भन्दा करिब दश बर्ष अगाडीसांगीतिक क्षेत्रमा पाइला राख्नु भएका गायकले आउँदा दिनहरुमा बाद्य बाधन ब्याण्ड सहित सांगीतिक क्षेत्रमा प्रस्तुति गरिने योजना रहेको जानकारी दिनु भयो ।

 

करिब पन्ध्र बर्षजति गीत लेखन लागी रहनु भएका गीत लेखक तिर्थमान महर्जनका अनुसार तामाङ्ग, नेवार लगायत लगायत सबै जातजातिहरु बीच एकजुट हुनु पर्छ भन्ने भावना अभिवृद्धिको लागि गीत रचना गरिएको जानकारी दिनु भयो । साथै यस मार्धुय गीतमा संगीत दुर्गा लामाको संगीत रहेको छ ।

 

आधुनिक नेपाली तामाङ्ग सेलो गीतको लुपस् रेकिर्डग स्टुडियोका रिकडिस्ट विजेन श्रेष्ठका अनुसार यस गीतले नेपाली सांगीतिक क्षेत्रमा नौलो आयाम ल्याउने उपेक्षा गरिएको जानकारी दिनुभयो ।

 

उक्त गाना चाँडै नै म्युिजक भिडिओमा समेत निकाल्ने योजना रहेको गायक आमात्यले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्