Paschim News

आज : २०८० आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
प्रकाशित : २०७६/७/६ गते

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पूर्व पश्चिम’ को शुभ मुहर्त गरिएको छ । कमलादीस्थित गणेश मन्दिरमा सोमबार चलचित्रको शुभ मुहर्त गरिएको हो ।

सोमबारदेखि नै छायाँकन शुरु गरिएको चलचित्रमा बिनोद न्यौपाने, मरिस्का पोख्रेल, रिश्ता बस्नेत, कृष्ण धानुक, दिलिप भट्ट, धिरेन शाक्य, प्रकाश घिमिरे, रामबाबु रेग्मी, अनिता केसी, सचिन गौतम, सन्दिप शाहीलगायतका कलाकारको अभिनय रहने छ । चलचित्रको गीतमा कोशिस क्षेत्री, करणराज कार्की र पुरुषोत्तम सुवेदीको संगीत रहने बताईएको छ ।

उत्तम हुमागाईँको छायाँङ्कन र गौरव गिरीको निर्देशनमा बन्न लागेको चलचित्र रामबाबु तामाङ (बिक्रम) र दिपेन्द्र बरियाले संयुक्तरुपमा निर्माण गर्न लागेका हुन् ।

चलचित्र काठमाडौं र म्याग्दीको राखुमा छायाँङ्कन गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिकृया दिनुहोस्