Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/७/४ गते

काठमाडौं । पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ्ग ग्रुप द कार्टुन क्रु फिचर गायक सचिन रौनियारको ‘कु कु कु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको संगीत रहेको गीतमा फणिन्द्र राइको एरेन्जमेन्ट रहेको छ ।

कार्टुन क्रुका सरोज अधिकारीको कोरियोग्राफी, कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र लाक्पा डी लामाको सम्पादन रहेको छ । द कार्टुन क्रुको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा आमा नभएकी सानु छोरीको कथासँग जोडिएर बनाइएको छ जहाँ जुनियर कार्टुन क्रु का साना साना भाइ बहिनीहरुको नृत्य तथा अभिनय पनि रहेको छ ।

विगत ३ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले अत्याधिक रुचाएका छन् ।

https://www.youtube.com/watch?v=tKl1ZTgma_g[/embed]

प्रतिकृया दिनुहोस्