Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/२७ गते

काठमाडौं । ‘भ्यालेनटाईन डे’को पूर्वसन्ध्यामा चर्चित युवा गायक प्रताप दासको ‘सुरुवात’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक दासले आफ्नै आधिकारीक यूट्यूव च्यानवबाट शुक्रबार गीतको भिडियो बजारमा ल्याएका हुन् ।

नेपाल आईडलबाट चर्चामा आएका गायक दासको थपिदो लोक प्रियतामा यो गीतले उचाई थप्ने देखिएको छ । मायामा परिसकेपछि प्रेमी पे्रमीकाको मनमा हुने अनेकौँ आभाषहरु गीतमा प्रतिविम्बित छन् । पहिलो प्रेमको अनुभुति समेटिएको गीत मनिसा खड्काले लेखेकी हुन् । मनोज थापा मगरको संगीत र देवेश राईको संगीत संयोजनले गीतको भावलाई थप सशक्त बनाईदिएको छ ।

फराज अर्पणले निर्देशन रहेको भिडियोमा मिनाक्षी र समीरको अभिनय हेर्न सकिन्छ । भिडियोको छायाँकन र सम्पादन समेत निर्देशक फराज अर्पणले नै गरेका हुन् । भिडियो हेर्नुहोस्ः

https://www.youtube.com/watch?v=q546SrnFxOk

प्रतिकृया दिनुहोस्