Paschim News

प्रकाशित : २०७५/५/२१ गते

सर्लाहीको हरिवन स्थित नमूना अस्पताल तनावग्रस्त भएको छ ।

अस्पतालमा प्रसुति गराउन आएकी हरिवन ४ पटौनाका अनोज थापाकी अन्दाजी २९ वर्षकी श्रीमती अप्सरा थापाको ज्यान गए पछि उनका आफन्त र स्थानीयले अस्पतालमा तोडफोड र आगजनी गरेका छन् ।

आक्रोशित भिडले अस्पतालको फारमेशीमा आगजनी गर्नुका साथै तोडफोड गरेका हुन ।

सुुत्केरी व्यथा लागे पछि सासु र सहयोगी शान्ता थापाका साथ प्रसुतीका लागि शुक्रवार साँझ ७ बजे नमूना अस्पताल आएकी अप्सराको डाक्टर र नर्सहरुको लापरवाहीका कारण ज्यान गएको आफन्त र स्थानीयको आरोप छ ।

अप्सरा सँगै अस्पताल आएकी शान्ताका अनुसार अप्सरालार्ई अस्पताल ल्याउँदै गर्दा गेटमै व्यथाले च्यापेको थियो । उनलाई भित्र लैजाने क्रममा उनी लडिन । डाक्टर र नर्सहरुले वेवास्ता गरे ।

उनलाई प्रसुती कक्षमा लगियो । आधा घण्टा पछि डाक्टरले प्रसुती सम्भव नहुने भन्दै वीरगंज रिफर गरि दिए । उनलाई एम्वुलेन्समा राखेर विरगंज लैजाँदै गर्दा बाटैमा उनको र बच्चा दुवै जनाको ज्यान गयो ।

अप्सरा र उनको वच्चाको ज्यान गए पछि आक्रोशित भिडले अस्पताल विरुद्ध नारावाजी गर्दै अस्पतालमा तोडफोड र आगजनी गरेका हुन ।

स्थानीयले घट्नाको छानविन गरी कडा भन्दा कडा कार्वाही गर्नु पर्ने, पिडितलाई उचित क्षतिपूर्ति दिनु पर्ने सहितका माग राख्दै विरोध गरेका हुन ।

तोडफोडकै क्रममा अप्सराका भाईको अस्पतालको सिसाले काटी घाईते भएका छन् । आक्रोशित भिड नियन्त्रणका लागि प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ । अहिले पनि अस्पतालको अवस्था तनाव ग्रस्त छ ।

प्रतिकृया दिनुहोस्