Paschim News

प्रकाशित : २०७५/५/२९ गते

विशिष्ट पदमा रहेका व्यक्तिहरू सामान्य रोगको उपचार गर्न पनि विदेश धाउने र राज्यकोषको लाखौँ खर्च गर्ने परिपाटी अन्त्य हुने लक्षण देखिएकाे छ ।

विदेशमा उपचार गर्दा लाग्ने खर्च राज्यकोषबाट नव्योहर्ने व्यवस्था गरिएकाे विधेयक बिहीबार प्रतिनिधिसभामा पेश भएको  छ ।

संसदीय समितिले जुटाएको सहमतिअनुसार विधेयक ‘फुल हाउस’बाट पारित भए विशिष्ट ओहोदामा रहेका पदाधिकारीदेखि सर्वसाधारणले विदेशमा गरेको उपचार खर्च राज्य कोषबाट पाउने छैनन् ।

विधेयक शुक्रबार पारित गर्ने संसद् सचिवालयको कार्यसूची छ ।

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गर्न सरकारले ल्याएको विधेयक संशोधन गर्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा भएको उपचार खर्च राज्यकोषबाट नबेहोर्नै सहमति जुटाएको थियो ।

नेपालमा उपचार नहुने राेगका लागि मात्रै डाक्टरकाे विशेष सहमतिमा विदेश उपचार गर्न जान पाउनु पर्ने र त्यसकाे लागि ब्यक्तिले खर्च ब्यहाेर्न नसक्ने अवस्थामा राज्यले खर्च ब्यहाेर्ने ब्यवस्था गर्न केही नेताहरूले अावाज उठाए पनि त्यसकाे कुनै सुनुवाइ भएकाे छैन ।

वास्तवमा हुन लागेकाे याे ब्यवस्था भयाे भने साधारण बिरामी भए पनि सरकारी खर्च लिएर विदेशमा उपचार गर्न जाने नेतादेखी पहुँचवालाका कारण देशकाे ढुकुटीबाट बाहिरिने कराेडाै देशकाे धन देशमै रहनेछ ।

प्रतिकृया दिनुहोस्