Paschim News

प्रकाशित : २०७५/६/२ गते

प्रधानमन्त्री केपी शर्मा ओली असोज ६ गते अमेरिका जाने तयारीमा रहेका छन् ।

अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् ।

६ गते नै अमेरिका प्रस्थान गर्न लागेका प्रधानमन्त्रीअाेलीकाे महासभामा बाेल्न पालाे भने असाेज ११ गते तय भएकाे जनाइएकाे छ ।

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ आजबाट ७३ औं महासभा आजबाट शुरु भएको छ ।

बैठकलार्इ विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्नेछन् । उच्चस्तरीय सम्बोधन ९ गतेबाट शुरू हुने जनाइएकाे छ ।

प्रतिकृया दिनुहोस्