Paschim News

प्रकाशित : २०७५/६/२ गते

नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

अब काठमाडौंमा पेट्रोलको बजार मूल्य १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढेको छैन ।

मूल्य बढाएपछि निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ७२ पैसा नाफा हुने प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

पछिल्लो १५/२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको अवमूल्यन भएका कारण भारतको इण्डियन आयल कर्पोरेशनले १६ सेम्टेम्बरमा मूल्य बढाएर पठाएको थियो । त्यसै अनुसार नेपालमा पनि मूल्य बढाएको हाे ।

अहिले पनि भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २९ रुपैयाँ ४४ पैसा र डिजेल प्रतिलिटर २८ रुपैयाँ ४४ पैसा सस्तो रहेको निगमको भनाइ छ । यद्यपी भारतमा प्रदेश अनुसार फरकफरक मूल्या रहेकाे छ ।

प्रतिकृया दिनुहोस्