Paschim News

प्रकाशित : २०७५/६/१० गते

क्यानाडाका एकजना पुर्व करोडपति तथा पहिल्यै दुइपटक हत्याको अभियोग लागिसकेका डेल्लेन मिल्लर्ड नामक व्यक्तिलाई आफ्नै पिताको पनि हत्या गरेको अभियोगमा मंगलवार क्यनाडाको एक अदालतले दोषि ठहर गरेको छ ।

शुरुमा सो हत्यालाई आत्महत्या ठानिएको थियो ।

न्यायधिशले आफ्नो पिता वायने मिल्लर्डको हत्यामा आफुलाई दोषि ठहराएपछि उनी रोएका थिए ।

लाउरा ब्याबकक र टिम बोस्मा नामक दुई व्यक्तिको हत्याको अभियोगमा दुई पटक आजिवन कारावासको संजाय सुनाइ सकेको छ ।

उनको पितालाई टाउकोमा गोली लागेर मरेको अवस्थामा भेटिएपछि परिवारको सम्पुर्ण सम्पत्ति उनको हातमा पुगेको थियो ।

सन् २०१२ मा यस घटनालाई आत्महत्याकै संज्ञा दिइएको थियो ।

तर सोमवार ओन्तारियो उच्च अदालतका न्यायधिशले उनलाई सुतिरहेका पितालाई गोली हानी मारेको अभियोगमा दोषि करार दिएका थिए ।

मिल्लर्डले आफनो पिता रक्स्याहा र डिप्रेसनमा गएको कुरा प्रहरीलाई बताएका थिए ।

उनले पिताको मृत्यूपछि भनेको थिए , ‘ उहाँले जीवनभरि एउटा ठूलो दुःख बोकेका थिए । उहाँले कहिले पनि आफ्नो दुःखबारे मलाई कुनै जानकारी दिनुभएन । ’ सिबिसिको अनुसन्धान अनुसार तिनीहरुको पारिवारिक उडयन कम्पनी मिल्लर्ड एयरका कर्मचारीहरुले मिल्लर्डको आफ्नो पितासंग तनाव चलिरहेको बताएका थिए ।

टिम बोस्मा वेपत्ता भएके छ महिनापछि भएको अनुसनधानबाट अन्तत उनको तीनवटा हत्यामा हात रहेको पत्ता लागेको हो ।

तर प्रहरीले लाउरा ब्याबकक र टिम बोस्माको लाशै भेटाउन सकेनन् । ब्याबककको भने त्रिकोणात्मक प्रेमका कारण हत्या भएके हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्