Paschim News

प्रकाशित : २०७५/६/१६ गते

दशैंका लागि काठमाडाैंबाट हजाराैं यात्रुहरू बाहिरिने महत्वपूर्ण नाका नाकढुङ्गा सडक खण्ड एक हप्ताका लागि रात्रीसेवामा राेक लागेकाे छ ।

सडक मर्मत गर्ने क्रममा पिपलबाेट माेडसम्म सडक विस्तार गरिने भएकाले राती अाठ बजेदेखी बिहान पाँच बजेसम्म याे सडक बन्द गरिएकाे हाे ।त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ ।

चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताए ।

‘निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ,’ उनले भने।

उक्त सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो ।

डिभिजन कार्यालयले चाडपर्व नजिकिँदै गर्दा विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई अगाडि बढाएको छ ।

मर्मत गर्नु पर्ने भएपनि रातकाे समयमा पूरै सडक बन्द गरेर मर्मत गर्नु यात्रुमाथीकाे अन्याय भएकाे यात्रुहरूकाे भनार्इ रहेकाे छ ।

प्रतिकृया दिनुहोस्