Paschim News

न्युज क्लब संवाददाता प्रकाशित : २०७५/६/१७ गते

गएकाे शुक्रबार ७ दशमलब ४ रेक्टर स्केलकाे भुकम्प गएकाे इन्डाेनेशियामा अाज पुनः शक्तिशाली भुकम्प गएकाे छ ।

भुकम्प तथा भुकम्प पछि अाएकाे ज्वारभाटाले तहसनहस बनाएकाे इन्डाेनेशियाकाे सुब्बा द्विपमा अाजकाे भुकम्पले झन् अस्तब्यस्त बनाएकाे छ ।

हालसम्म भुकम्पका कारण ज्यान गुमाउनेकाे संख्या १५ सयकाे हाराहारीमा रहेकाे अन्तराष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोका अनुसार ६५ हजार ७ सय ३३ घरहरू भत्किएका छन् भने सयौंको संख्यामा विद्यालय भवन, चर्च, होटल र ठूला व्यापारिक भवनमा क्षतिग्रस्त भएका छन् ।

मंगलबार एक होटलको भवन भग्नाबशेषबाट १५ जनालाई उद्धार गरिएको थियो ।

अझैपनि मानिसहरू भग्नाबशेषमा जीवित रहेको आशमा उद्धार कार्य जारी राखिएको छ ।

उद्धार तथा खोजी कार्यका लागि विभिन्न क्षेत्रमा करिब साढे ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । विस्थापितहरूलाई १०९ स्थानमा शिविर बनाएर राखिएको छ ।

गएकाे शुक्रबार क्रमशः ६, ७.४ र ६.१ का तीन भुकम्प गएकाे थियाे ।

प्रतिकृया दिनुहोस्