Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/६/१७ गते

अमेरिकालार्इ एक्काइशाैं शताब्दीकाे स्वर्ग ठानेर त्यहाँ जान चाहनेहरूका लागि अाज रातीदेखी डीभीकाे अावेदन खुल्दै छ ।

डीभी अर्थात डाइभरसिटी भिसा भनिएकाे याे प्रक्रियाबाट छानिएमा अमेरिकामा बसाेबास गर्न याेग्य मानि प्रवेशाज्ञा दिने पहिलाे खुट्किलाे पार भएकाे मानिने छ ।

विश्वभरबाट अमेरिका जान चाहनेहरूले इलेकट्राेनिक माइलबाट अनलाइन फाराम भर्न सक्ने छन् ।

याे प्रक्रियाका लागि भर्खरै खिचिएकाे निश्चित अाकारकाे फाेटाे अावश्यक हुन्छ ।

तथा अमेरिकाले ताेकेकाे मापदण्ड अनुरूप फाराम भरेका तथा स्वीकृत फारामहरूकाे अागामी अप्रिल महिनामा रिजल्ट हुने पनि जनाइएकाे छ ।

अाजदेखी शुरू हुने अावेदनकाे  कार्यक्रम २०२० का लागि हाे ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।

याे अवधिमा प्रक्रिया पुर्याएर अावेदन भर्न सकिने छ ।

अमेरिकी राजदुताबासका अनुसा याे फाराम भर्नका लागि कुनै शुल्क नलाग्ने जनाइएकाे छ ।

शुल्क लिने कुनै संघ संस्थासँग नलागि घरैबाट याे भर्न सकिने भएकाले अाफैले भर्दा उपयुक्त हुने पनि जनाइएकाे छ । तर सहयाेग लिन भने राेक लगाइएकाे छैन ।

डीभी अावेदन लागि  www.dvlottery.state.gov मा गएर तोकिएको अवधि र प्रक्रिया पुर्याएर भर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्