Paschim News

प्रकाशित : २०७५/६/१७ गते

नेपाल प्रहरीले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, सहयोगीलगायत ठूलो संख्यामा समावेशी प्रावधानअनुसार भर्नाका लागि विज्ञापन खुलाएको छ ।

सोमबार खुलेको विज्ञापनमा प्रहरी निरीक्षकका लागि १०८, प्रहरी सहायक निरीक्षकमा ५२४, प्रहरी जवानमा ६२४४, प्रहरी कार्यालय सहयोगी (भान्छे)मा ३२०, प्रहरी कार्यालय सहयोगी (हजाम)मा १५, प्रहरी कार्यालय सहयोगीसिलाईरबुनाईमा १२, प्रहरी कार्यालय सहयोगी  (कुचिकार)मा १४, प्रहरी कार्यालय सहयोगी (मोचि)मा ९ र प्रहरी कार्यालय सहयोगी  (खेलाडी)मा ३० जनाको माग गरिएको छ ।

प्रहरी निरीक्षकको लागि स्नातक, प्रहरी सहायक निरीक्षकको लागि प्रमाणपत्र तह, प्रहरी जवानका लागि कक्षा ८ पास र अन्य सहायक पदका लागि सामान्य लेखपढ गर्न जान्ने शैक्षिक योग्यता तोकिएको छ ।

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षकका लागि यही असोज १८ देखि आगामी कार्तिक २९ गते सम्म महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा, ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरा, ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत र ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलमा आवेदन दिन सकिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्