Paschim News

प्रकाशित : २०७५/६/१७ गते

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री कार्यालयले पालेका अाठअाेटा भैसी बिक्री गरेका छन्

पूर्वप्रधानमन्त्री नवाज सरिफको कार्यकालमा खरीद गरी पालिँदै आएका भैँसी नयाँ प्रधानमन्त्री इमरान खानले बिक्री गरी राज्यकोषमा रकम जम्मा गरेका हुन् ।

केहीदिन अघिमात्रै खानले प्रधानमन्त्री निवासमा रहेका केही कारहरु पनि लिलाम गरेर राज्यकाेषमा रकम जम्मा गराएका थिए ।

हालै बेचिएका ८ अाेटा भैँसीको बिक्रीबाट झण्डै २२ लाख रुपैयाँ उठेको छ । यसअघि बुलेटप्रुफ कारको लिलामीबाट झण्डै सात करोड रुपैयाँ बराबरको रकम उठाएर प्रधानमन्त्रीले राज्यकोषमा दाखिला गरेका थिए ।

प्रधानमन्त्रीले बिक्री गरेका भैँसीमध्ये केही भैँसी पूर्वप्रधानमन्त्री नवाज सरिफका समर्थकले खरीद गरेका छन् ।

डेरी व्यवसाय गर्ने एकजना सरिफ समर्थकले आफूले नवाजप्रतिको प्रेमका कारण भैँसी किनेको र मौका पाएमा नवाज सरिफलाई ती भैँसी उपहार दिने बताएका छन् । भैसीकाे एकिन मूल्य भन्दा बढीमा बिक्री गरेकाले कतिपयले विराेध पनि जनाएका थिए । एजेन्सी

प्रतिकृया दिनुहोस्