Paschim News

एजेन्सी प्रकाशित : २०७५/६/२२ गते

एक जना पत्रकारको सरकारको आलोचना गरेको अभियोगमा हत्या गरिएको छ ।

सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा साउदी अरब सरकारले ‘हत्या’ गरेको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका छन् ।

टर्किस–अरब मेडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले एपीसँग भनेका छन, “महाबाणिज्य दूतावासका अधिकारीहरूले साथी खसोग्गीको अन्त्येष्टिको तयारी गर्न भनेका छन् ।”

साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए ।

साउदी सरकारका स्थापित आलोचक खसोग्गी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको आलोचक थिए ।

विवाह दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि खसोग्गी वाणिज्य दूतावास गएको र त्यहीँबाट मङ्गलबार वेपत्ता भएका थिए ।

खसोग्गीसँग बिहेको छिनोफानो भइसकेकी महिला पनि उनीसँगै वाणिज्य दूतावास गए पनि उनलाई कार्यालयभित्र छिर्न नदिइएको बताइएको छ ।

महाबाणिज्यदूतावासका अधिकारीहरूले पत्रकार खसोग्गीको बर्बरतापूर्ण रूपमा हत्या गरेको आफूहरूले थाहा पाएको बताए ।

तर साउदी अरबका अधिकारीहरूले भने खसोग्गीको हत्या भएको भन्ने सूचना आधारहीन भएको दावी गरेका छन् ।

घटनाबारे अनुसन्धान जारी रहेकाले यसबारे तथ्य छिट्टै बाहिर आउने भन्दै आफ्नो नाम सार्वजनिक नगर्न टर्कीका दुबै अधिकारीले अनुरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस्