Paschim News

प्रकाशित : २०७५/६/२३ गते

नेपाल कम्युनिष्ट पार्टीका नेता  वामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलद्वारा प्रकाशित ‘आत्मकथा’ले आफ्नो चरित्र हत्या गर्न खोजेकाे अाराेप लगाएका छन् ।

पूर्व प्रहरी महानिरिक्षक खरेलले प्रकाशन गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत २० लाखको आफूले प्रस्ताव पठाउँदा अस्वीकार गरेको भन्ने  कुरा लेखेर अफ्नाे चरित्र हत्या गर्न खोजेको बताएका हुन् ।

‘खरेलको आत्मकथामा मैले कुन पत्रकार पठाएर  २० लाख रुपैयाँ प्रस्ताव गरेँ ? २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो ?  त्यो  खरेलले पुष्टि गर्नुपर्दछ’ भन्दै गाैतमले ‘आफ्नो आत्मकथामा मेराबारे जे पायो त्यही झूटा असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोज्ने खरेलले आइजिपीबाट हटाइएको बदला आत्मकथामार्फत सार्वजनिक गरेको उनको जिकिर छ ।

खरेलले लेखेका कुरामा कुनै सत्यता नभएको भन्दै गौतमले स्थानीय निर्वाचन गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा खरेललाई प्रहरी प्रमुखबाट हटाइएको बताए ।

 म गृहमन्त्री भइसकेपछि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपालले पहिलो काम स्थानीय निर्वाचन गर्नुपर्दछ भन्नुभएको थियो,  ‘तर खरेलबाट स्थानीय निर्वाचन हुने सम्भव नदेखिएपछि  बाध्य भएर पार्टी र  तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहमतिमा खरेललाई हटाएको हुँ ।’ गाैतमकाे भनाइ थियाे । 

प्रतिकृया दिनुहोस्