Paschim News

प्रकाशित : २०७५/६/२४ गते

नेकपाका नेता वामदेव गौतमले काठमाडौं– ७ बाट उपचुनाव लड्ने सम्भावना बढेको छ ।

डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायत जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं– ७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खालि गर्ने भएका छन् ।

मानन्धरले राजीनामाका लागि नेकपाको सचिवालय बैठकमा सोमबार निवेदन दिइसकेका छन् । उनको राजीनामा संसदबाट स्वीकृत हुने प्रक्रिया अघि बढेलगत्तै बुधबार बस्ने सचिवालय बैठकबाट गौतमलाई सो क्षेत्रको उम्मेदवार बनाउने नेकपाको तयारी छ ।

मानन्धरले बैठकमै पुगेर राजीनामाका लागि निवेदन दिएको नेकपाको उच्च स्रोतले पुष्टि गरे पनि उनी भने सम्पर्कमा आएनन् । मिडियाकर्मीसँगकाे कुराकानीमा मानन्धरले अाफूले राजीनामा दिएकाे बताएका छन् तर स्वीकृत नभउकाे उनकाे भनार्इ छ ।

प्रतिकृया दिनुहोस्