Paschim News

शुकदेव थपलिया प्रकाशित : २०७५/६/२७ गते

काभ्रेमा पत्रकारहरूको लागी सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ ।

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महाँसंघ काभ्रेको संयुक्त आयोजनामा काभ्रेमा पहिलो पटक पत्रकार आचार संहिंताबारे सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको छ ।

सूचना प्रसारण गर्ने संचारमाध्यम र पत्रकारप्रतिको जनविश्वास कम हुँदै गएको बेला पत्रकारहरूकै लागी बिशेष खाले कार्यक्रम अपरिहार्य रहेको बेला काभ्रेमा सो सुनुवाई गरिएको हो ।

समाचारहरुमा जनमानसको विश्वसनियता माथी प्रश्न उठेको सवाल माथी हाल नेपाल भरि भइैरहेका सञ्चारमाध्यमहरुले कस्ता खाले समाचारहरु प्रशारण–प्रकाशन गर्दा के कस्तो समस्याहरु आए, ति समस्याहरु कसरी समाधान गर्न सकिन्छ भन्ने सवालमा काभ्रेली पत्रकारितामा कार्यरत पत्रकारहरु, नागरिक समाज, अगुवाहरु सहितलाई आमन्त्रण गरी बहस गरिएको थियो ।

पत्रकारिताबाट पीडामाथी थप पीडा परेका घटनाहरु , समाचारकै कारण विचाराधिन मुद्धाहरुमा पर्ने असरहरु, समाचार भाईरल बनाउन रच्ने तिकडमले पुर्याउने असरहरु , मानवीय संवेदना, नैतिकता र कानुनको अबमुल्यन हुने गरी आफ्नो संहिता बिर्सेर गरिने पत्रकारिताका घटनाहरु कति दर्दनाक अवस्था सम्म पुग्छ भन्ने बिभिन्न घटनाहरुको उदाहरण सहित पत्रकारहरुलाई आचार संहिताबारे सुनुवाईमा प्रष्ट्याइएको थियो ।

सुनुवाई कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यहरु इश्वरी ओझा,शुभेच्छा बिन्दु श्रेष्ठले पत्रकारहरूले समाजमा कस्तो किसिमको स्थान राख्न सक्नुपर्छ भन्ने बारे बताएका थिए ।

उनीहरुले पत्रकारिताले विश्व विभिन्न देशहरुको इतिहासमा खेलेको भूमीका र नेपालमा हाल आउँदा भईरहेको गतिविधिहरु अब तुलना गर्दै समिक्षा गर्दै हरेक पत्रकारले लेख्ने शब्दको प्रयोग र त्यसले पार्नसक्ने चोटप्रति बेलैमा सजक हुनुपर्ने समय आएको बताए ।

अहिले विद्युतिय संचार(अनलाईन संञ्जाल)को विकृति ज्यादा, अन्य ठुला–साना मिडियाहरु छापा तथा प्रशारण मिडियाको गलत संप्रेसणले गर्दा आफूहरुले विभिन्न तरिकाले अनुगमन गर्दै सजक गराउँदै आएको बताएका छन् ।

पत्रकारले गर्ने पत्रकारिता मर्यादित हुन अराजक, आक्रोश,एकतर्फी र चाकरीशैलीप्रति अबको पत्रकारिताले अन्त्य गर्ने सँगै खोज पत्रकारिता अति आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेमा अध्यक्ष मोतिराम तिमल्सिना,नेपाल पत्रकार महासंघ समिति ३ नम्बर प्रदेश अन्तर्गतका उपाध्यक्ष यदुनाथ गौतम,सचिव सुरेश हुमागाँईले पत्रकारहरुको आचार संहिता र वर्तमान समयमा आएको कानुनको अष्पष्टताबारे मन्तव्य राखेका थिए ।

उद्योग बाणिज्य महासंघका सदस्य सुरकृष्ण बैद्यले काभ्रेली पत्रकारितामा विगत देखि अहिले सम्म कुनै किसिमको पनि बाधाहरु आफूहरुलाई नपरेको भन्दै काभ्रेली पत्रकारहरुसँग सँधै आफूहरु सहकार्य गर्दै अगाडी बढेको बताए ।

कार्यक्रममा पत्रकार महाँसघ काभ्रेका पुर्वअध्यक्षहरु, सल्लाहकारहरुले आचार संहितालाई पालना गर्ने गराउने बिषयमा बोलेका थिए । कार्यक्रममा उपस्थिती भएका अतिथिहरु बिच एक आपशमा शुभकामना आदान प्रदान गरिएको थियो ।

मन्तव्य सञ्चालन काभ्रे शाखाका सचिव नगेन्द्र अधिकारीले गरेका थिए भने शुभकामना मन्तव्य उपाध्यक्ष रमेश न्यौपानेले राखेका थिए ।

प्रतिकृया दिनुहोस्