Paschim News

प्रकाशित : २०७५/६/२८ गते

नेपाली कांग्रेसका नेता  एवम् पूर्व मन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । शनिबार राति खुमलटारस्थित निवासमै निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

परिवारिक स्रोतका अनुसार बस्तोलाको राती ९ः२० मा निधन भएको थियो । लगतै डा. हरि शर्मालार्इ खबर गरिएको र उनले चेकजाँच गरेर मृत्यु भएको घोषणा गर्दा  रातीकाे १०ः२० भएको थियो ।

झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलाको अवस्था शनिबार विग्रिएको थियो । लगतै परिवारले बाँसबारीस्थित न्यूरो अस्पताल लगेको थियो । तर, थप उपचार असम्भव रहेको भन्दै ४ बजे डिस्चार्ज गरेको थियो ।

बास्तोलाको शनिबार राति नै निधन भएको छ । उनका श्रीमती र दुर्इ छोरी छन् । दुबै छोरी गरिमा र सुम्निमा देश बाहिर रहेको र भोलि आइपुग्ने पारिवारिक स्रोतले बताएको छ ।

१४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो ।

भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराउँदा पनि उनको होस आएको थिएन ।

प्रतिकृया दिनुहोस्