Paschim News

प्रकाशित : २०७५/६/२९ गते

आज नवरात्रको छैठौं दिन  कात्यायनी देवीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो ।

अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ ।

स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ ।

उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको शास्त्रहरुमा उल्लेख छ ।

कात्यायनी शक्तिको कहिल्यै नसकिने स्वरुपा हुन् ।

प्रतिकृया दिनुहोस्